प्रिय बिष्णु, पत्नीका रुपमा मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु: गायिका एलिना चौहान

काठमाडौं। गायिका एलिना चौहान र श्रीमान विष्णु सापकोटाबीच कानूनी रुपमा सम्बन्ध बिच्छेद्ध भएको छ ।

चौहानले श्रीमान विष्णु सापकोटाविरुद्ध हालेको सम्बन्धविच्छेद मुद्दाको छिनोफानो भएको छ । एलिना र विष्णु कानुनी रुपमा अलग भएका छन् । एलिनाले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी थिईन् । उनले मुलुकी देवानी संहिता २०७४ को दफा ७५ (ग) बमोजिम सम्बन्धविच्छेद मुद्दा दायर गरेकी थिईन् ।

कानूनी रुपमा श्रीमानसँग अलगिएकी एलिनाले भावुक सम्बोधनसहितको स्टाटस लेखेकी छन् । प्रिय बिष्णु भन्दै सम्बोधन गरेको उनको स्टाटस्मा पत्नीका रुपमा मैले पाउने सम्पत्ति विष्णुको प्रगति र उन्नतिका लागि छोडेको बताएकी छन् ।

यस्तो छ एलिनाको पूरा स्टाटस्

प्रिय बिष्णु
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।

वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।

आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *