प्रधानमन्त्रीलाई ढुङ्गानाले भनिन्,- ‘फोटो खिचाउने बाहेक केहि गर्नु भएन, देशको इज्जत त जोगाइदिनुस्’

काठमाडौं । नायिका नीता ढुङ्गानाले देशको इज्जत जोगाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेकी छन् ।

भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमयी मृत्यु र सो घटनालाई लिएर प्रदर्शन गरिरहेका विद्यार्थीहरुमाथि भएको ज्यादतीबारे लेख्दै उनले प्रधानमन्त्री ओलीसमक्ष यस्तो अनुरोध गरेकी हुन् ।

‘भर्खरैमात्र भारतको एउटा विद्यालयमा एउटा नेपाली चेलीलाई हामीले गुमाउनु पर्यो । धेरै नेपाली विद्यार्थीहरूलाई त्यहाँबाट कुटपिट गरेर निकालिएको छ । उक्त विश्वविद्यालय व्यवस्थापन समितिकी अध्यक्षले नेपाली विद्यार्थीको न्यायको मागको अपहेलना गर्दै प्रतिकार गर्ने क्रममा यस विश्वविद्यालयको बजेट जति तिमिहरु को देश नेपाल को राष्ट्रिय बजेट पनि छैन भनेर नेपालको बेईजत गरेकी रहिछन् । अन्तर्राष्ट्रिय मञ्चमा कहिलेसम्म यस्तै बेईजत हामिले खेपिरहनु पर्ने हो ?’ प्रश्न गर्दैै उनले भनेकी छन् ।

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई खुल्ला पत्र लेख्दै भनेकी छन् :

प्रिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू। म कलाकार निता ढुंगानाको तर्फबाट नमस्कार। केही समय यता फोटो खिच्ने र फोटो खिचाउने काम बाहेक , देशको उन्नति प्रगति र देशमा के भइरहेको छ हामीले हजुरको आफ्नो प्रोफाइलबाट केही देख्न पाएका छैनौँ। कुनै समय हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओली ज्यू जस्तै हुनुपर्छ भनेर ठाटले भन्ने म कलाकार आज confusionमा छु।

मलाई पनि हजुरसँग वार्तालाप गर्न मन छ भेट्न मन छफोटो खिचाउन मन छ तर सँगसँगै धेरै प्रश्नहरु छन् । जुन मनमा गडिएर बसिएको छ, म मात्र होइन जसले तपाईँलाई राम्रो सोच्ने तपाईंका प्रिय जनताहरु छन् उनीहरूको मनमा पनि ,धेरै प्रश्न गडिएर बसेका होलान् , खै त्यो जोश खै त्यो जाँगर खै देशप्रति केही गर्छु भन्ने भावना खोइ त्यो दृडता आज देखिएको छैन प्रधानमन्त्री ज्यू राजनीति के हो राजनीतिका कुरा राजनीतिको नीति हामी जानदैनौ प्रधानमन्त्रीज्यू हामीले जान्ने भनेको हाम्रो देशको हितको लागि नेपाली जनताको लागि तपाईँले बोलेका शब्दहरूमा विश्वास गर्ने हो तपाईंले देखाएका सपनाहरूमा ,हामीले आफ्नो सपना देख्ने हो तर विश्वास विश्वास मात्र सिमित रह्यो सपना सपनामा मात्र सीमित रह्यो दुःख लाग्छ हामीलाई प्रधानमन्त्रीज्यु भर्खरै मात्र भारतको एउटा विद्यालयमा एउटा नेपाली चेलीलाई हामीले गुमाउनु पर्यो, धेरै नेपाली विद्यार्थीहरूलाई त्यहाँबाट कुटपिट गरेर निकालिएको छ ।

उक्त बिश्वबिद्धालय बेबस्थापन समिति कि अध्यक्ष ले नेपाली बिध्यार्थी को न्याय को माग को अपहेलना गर्दै प्रतिकार गर्ने क्रममा यस बिधालयको बजेट जति तिमिहरु को देश नेपाल को राष्ट्रिय बजेट पनि छैन भनेर नेपाल को बेईजत गरेकि रहिछन अन्तर्राष्ट्रिय मंच मा कहिले सम्म यस्तै बेईजत हामिले खेपिरहनु पर्ने हो ? लगभग यो आरोप यथार्थ पनि हो । नेपाल को यो हालत कस्ले बनायो ? बिगत केही बर्ष देखि नेपाल को शासक तपाईहरू काङ्ग्रेस एमाले, माओबादि ,अब यो बेईजत को जिम्मेवारी तपाईहरूले लिनुपर्ने कि नपर्ने ? बिन्ती छ नेपालको इज्जत जोगाइदिनुस्। बिन्ती छ नेपाली जनताको भावना बुझिदिनुस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *