घातक हवाई आक्रमणपछि इरानको कडा चेतावनी- अब युद्धविराम र वार्ताको औचित्य रहेन
काठमाडौं। लेबनानमा इजरायलले गरेको घातक हवाई आक्रमणपछि इरानले अमेरिका र इजरायलसँगको वार्ता तथा युद्धविराम को कुनै औचित्य नरहेको स्पष्ट पारेको छ । इरानका संसद् सभामुख मोहम्मद बागेर गालिबाफले बुधबार भएको लेबनान आक्रमणमा साढे दुई सयभन्दा बढी नागरिकको मृत्यु र एक हजार एक सयभन्दा बढी घाइते भएको घटनालाई औंल्याउँदै यस्तो अभिव्यक्ति दिएका हुन् । उनले युद्धविराम घोषणा…




