काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँसम्मको उतारचढाव हुँदा भाडा समायोजन गर्ने व्यवस्थाअनुसार नयाँ दर लागू गरिएको हो।
आजदेखि लागू हुने नयाँ दरअनुसार यात्रुबाहक सवारीको भाडा १६.७१ प्रतिशतले बढाइएको छ। यस्तै, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ।
विभागका अनुसार पछिल्लो पटक २२ पुस २०८१ मा समायोजन भएको गाडी भाडा अहिले बढाइएको हो । सो बेला डिजेलको मूल्य १५०.८३ रुपैयाँ प्रतिलिटर थियो ।
यस्तो छ भाडा दर
Artha Sanjal




















