काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित २ सदस्यको राजीनामा स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको राजीनामा स्वीकृत गरेको हो ।
अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजीनामा पेश गरेका थिए ।
सरकारले उनीहरूलाई २०८१ साल वैशाख २० गते दुई वर्षका लागि नियुक्त गरेको थियो । कार्यकाल बाँकी रहँदै उनीहरूले राजीनामा दिएका हुन् ।
Artha Sanjal






