देशभर बढ्यो घरजग्गा कारोबार, काठमाडौंमा १५६ प्रतिशत वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा देशभर घरजग्गा कारोबार बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा कारोबारको संख्या १२.२५ प्रतिशतले बढेको हो । महानगरपालिकामा भने कारोबार वृद्धिदर अझ उच्च देखिएको छ । काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ । त्यस्तै, ललितपुरमा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा…

Read More

रिलायन्स स्पिनिङ मिल्सको ३० प्रतिशत लाभांश घोषणा

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले सेयरधनीहरुलाई दिने लाभांश घाेषणा गरेकाे छ । कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ काे मुनाफाटाट हाल कायम चुक्तापुँजीको ३० प्रतिशत लाभांश दिने निर्णय गरेकाे हाे । कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ५७ करोड रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण…

Read More

सञ्चय कोषदेखि बीमा कम्पनीसम्मको पैसा सेयर बजारमा ल्याउने सरकारको योजना

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी र म्युचुअल फन्डजस्ता संस्थागत लगानीकर्ताको ठूलो हिस्सा बैंक निक्षेपमा केन्द्रित रहेको लगानीलाई पूँजी बजारतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ अन्तर्गत यस्ता संस्थाको लगानी संरचना पुनः सन्तुलन गर्न कानुनी,…

Read More

स्नो रिभर्सले बाँड्ने भयो १० प्रतिशत बोनस शेयर, विद्युत नियमन आयोगबाट पायो स्वीकृति

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आफ्ना शेयरधनीलाई बोनस शेयर वितरण गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ। विद्युत नियमन आयोगले भदौ २६ गते पत्रमार्फत कम्पनीलाई बोनस शेयर वितरणका लागि पूर्वस्वीकृति दिएको हो। आयोगबाट स्वीकृति पाएसँगै कम्पनीले आगामी वार्षिक साधारणसभामा बोनस शेयर वितरणसम्बन्धी प्रस्ताव पेस गर्नेछ। साधारणसभाबाट प्रस्ताव पारित भएपछि शेयरधनीलाई बोनस शेयर वितरण गरिनेछ।…

Read More

नाफा–घाटा समायोजन स्वागतयोग्य, तर कर फिर्ताको प्रक्रिया स्पष्ट हुनुपर्ने

काठमाडौं । सरकारले एउटै आर्थिक वर्षभित्र शेयर कारोबारबाट भएको नाफा र घाटा समायोजन गरी खुद लाभमा मात्र पूँजीगत लाभकर (सीजीटी) लगाउने प्रस्ताव गरेकामा उद्योगी तथा लगानी क्षेत्रका जानकार विष्णु प्रसाद बस्यालले स्वागत गरेका छन् । तर कारोबारकै क्रममा अग्रिम रूपमा काटिने कर र आर्थिक वर्षको अन्त्यमा कायम हुने वास्तविक कर दायित्वबीचको समायोजन तथा बढी तिरेको…

Read More

पूँजी बजार चलायमान बनाउने सरकारी कार्ययोजना स्वागतयोग्य, तर लगानीकर्ताको जोखिम पनि उत्तिकै

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३’ ले दीर्घकालीन रूपमा पूँजी बजारको विकास र विस्तारसँगै तत्काल बजार तथा लगानीकर्तालाई प्रोत्साहित गर्ने आधार तयार गरेको भन्दै लगानीकर्ता र बजारका जानकार रन्जन चौलागाईंले स्वागत गरेका छन्। चौलागाईंका अनुसार कार्ययोजनामा संस्थागत लगानीकर्तालाई पूँजी बजारमा प्रवेश तथा लगानी गर्न सहज बनाउने, प्राथमिक बजारमा उनीहरूको…

Read More

पुँजी बजार सुदृढीकरणका लागि सरकारको २१ बुँदे कार्ययोजना

काठमाडौं । सरकारले पुँजी बजारलाई थप व्यवस्थित, प्रतिस्पर्धी र लगानीमैत्री बनाउने उद्देश्यसहित ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३’ सार्वजनिक गरेको छ। कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजारको सुधारदेखि नयाँ वित्तीय उपकरणको विकास, नेप्सेको पुनर्संरचना र नियामकीय सुधारसम्मका विषय समेटिएका छन्। सरकारले सार्वजनिक निष्कासन (आईपीओ) का लागि सामान्य योग्यता सम्बन्धी निर्देशिका जारी गर्ने तथा बजारमुखी मूल्य प्रणालीमा…

Read More

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०९ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८१…

Read More

भोटेकोशी बाढीबाट विस्थापितलाई सरकारले मासिक १५ हजार उपलब्ध गराउने

काठमाडौं । गत १० भदौमा आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको हो । चार जनाभन्दा बढी सदस्य भए प्रत्येक थप सदस्यका लागि २ हजार रुपैयाँका दरले…

Read More

जलनका बिरामीलाई काठमाडौं महानगरले २ लाखसम्म निःशुल्क उपचार गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नु पर्ने लक्षित वर्गका व्यक्तिलाई २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार गराउने भएको छ । जलको उपचार गराउनुपर्ने लक्षित वर्गका बिरामीका लागि २ लाख रूपैयाँसम्मको निःशुल्क उपचार सेवा उपलब्ध गराउन लागिएको हो । निःशुल्क जलन उपचार सेवा प्रदान गर्न काठमाडौं महानगरपालिका र कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रष्ट)बीच एक सम्झौता भएको…

Read More

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व संकलन

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख राजस्व संकलन भएको छ। रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ। भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको…

Read More

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ खरिदबिक्री भएको छ। शुक्रबारको बजारमा सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँ रुपैयाँमा खरिदबिक्री भएको थियो। त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ६६० रुपैयाँमा कारोबार भइरहेको…

Read More

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग 

काठमाडौं । मोन्भिसो नेपाल फाउन्डेसनले भोटेकोसी नदीको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ । भदौ १० गते आएको भोटेकोशी नदीको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले फाउन्डेसनका अध्यक्ष छोङ्बा लामा शेर्पा र कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग…

Read More

सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई प्रदान

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ। निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै सिबिफिनको अध्यक्ष पद रिक्त रहेको थियो। भाद्र २५ सम्पन्न सिबिफिन कार्यसमितिको बैठकले आसन्न वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म संस्थाको…

Read More

युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश रहेका…

Read More

यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको…

Read More

भोटेकोशी बाढीपीडितका लागि तयारी पोशाक उद्योग संघको ३३ लाख ३३ हजार सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि नेपाल तयारी पोशाक उद्योग संघले ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ । संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो । संघका सदस्य उद्योगहरूले समेत आफ्नोतर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक…

Read More

भोटेकोशी बाढीपछि पुनर्निर्माण गर्न ७ खर्ब ३१ अर्ब आवश्यक पर्ने, पूर्वाधारमा मात्रै ४ खर्ब ७३ अर्ब

काठमाडौँ । सरकारले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार विपद्बाट सबैभन्दा…

Read More

बुद्ध रिजेन्सीले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । नेपालको प्रतिष्ठित आतिथ्य सत्कार उद्मोग प्रति समर्पित सिद्धार्थनगर, लुम्बिनीमा अवस्थित पाँच तारे स्तरको होटेल बुद्ध रिजेन्सीले आइपीओ निष्काशन गर्ने भएको छ । होटलले सर्वसाधारणका लागि जारी गरिने १ सय रुपैयाँ अंकित दरका १५ लाख कित्ताले हुन आउने रु.१५ कराेड रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई…

Read More

भोटेकोशी बाढीपहिरो प्रभावितका लागि मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनको ३१ लाख सहयोग

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट उक्त रकम संकलन गरेको हो । संकलित ३१ लाख रुपैयाँ नेपाल सरकारका माननीय अर्थमन्त्रीज्यूलाई…

Read More