सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ खरिदबिक्री भएको छ। शुक्रबारको बजारमा सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँ रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला चार हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *