अर्थ सन्जाल
१७ आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

किन अचाक्ली बढ्यो गोलभेडाको मूल्य ?

  • अर्थ सन्जाल
  • २३ श्रावण २०८०, मंगलवार १६:३६


काठमाडौं । केही समय अगाडि मूल्य नपाएर चर्चामा आएको गोलभेडा (टमाटर) फेरि चर्को मूल्यका कारण चर्चामा आएको छ । अहिले सामाजिक सञ्जाल (फेसबुक, ट्वीटरदेखि टिकटकसम्म) गोलभेडाको मूल्यलाई लिएर चौतर्फी चर्चा भइरहेको छ । कुनैबेला मूल्य नपाएर फालिएको गोलभेडा अहिले किन्नै नसकिने अवस्थामा पुगेको छ ।

गत असारमा पसिनाको मूल्य नपाएको भन्दै किसानहरुले गोलभेडा नै सडकमा फालेर प्रदर्शन गरेका थिए ।

गत असार ३ गते किसानहरुले आफूहरुको उत्पादनले उचित मूल्य पाउन नसकेको र तरकारी बिक्री नभएको भन्दै कालीमाटी बजारमा टमाटर फालेर विरोध गरेका थिए  । भारतीय गोलभेडाले मूल्य पाउँदा नेपालमा उत्पादित गोलभेडा ५ रुपैयाँमा पनि बिक्री हुन नसकेपछि किसानले गोलभेडा नै फालेर प्रदर्शन गर्नुपरेको थियो ।

कुनै बेला मूल्य नै नपाएको गोलभेडाको मूल्य अहिले महँगिनुको पछाडि विविध कारण छन्  । एक त अहिले गोलभेडाको सिजन छैन । त्यसैले पनि उत्पादन नै कम छ ।  अर्को त भारतीय बजारमा पनि गोलभेडाको मूल्य आकासिएको छ । त्यसैको प्रभाव नेपालमा पनि देखिन्छ ।

अहिले अपसिजन भएको र भारत लगायत नेपालकै अन्य ठाउँहरुमा पनि मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘अहिले गोलभेडाको मूल्य यो वर्षकै उच्च छ । भारतबाट गोलभेडा आयात भएको छैन । यो सिजनमा तराईमा पनि उत्पादन हुँदैन । पहाडी जिल्लामा भएको उत्पादन पनि काठमाडौं आइपुगेको छैन । काठमाडौंभन्दा बाहिर जिल्लामा महँगो भएको कारण त्यसको असर काठमाडौंमा पनि देखिएको छ ।’

पहिला पहिलो ६०/६५ टन गोलभेडा कालिमाटीमै आउने गरे पनि अहिले ३५/४० टन मात्र आउने गरेको उनी बताउँछन् । उनका अनुसार अहिले नेपालबाट भारतमा समेत गोलभेडा निर्यात हुन थालेको छ ।

भारतमा गोलभेडाको मूल्य उच्च रहेका करण पनि किसानहरु भारतसहित पोखरा, भैरहवा बढी मूल्य आउने ठाउँमा गोलभेडा पठाइरहेका छन् । अहिले अधिकाशं माग उपत्यकाकै उत्पादनले धानिरहेको फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

अहिले कालिमाटीमा गोलभेडाको मूल्य अधिकतम् १८० रुपैयाँसम्म छ । कालिमाटी तरकारी बजारको दैनिक मूल्यसूचीअनुसार आज (मंगलबार) ठूलो गोलभेडा (सलाद खाने गोलभेडा) प्रतिकेजी १६० देखि १८० रुपैयाँ छ ।

त्यसैगरी टनेलको गोलभेडा (सानो) प्रतिकेजी ९० रुपैयाँ १०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

लोकल गोलभेडा (सानो) ७० रुपैयाँदेखि ८० रुपैयाँसम्ममा कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

यता खुद्रा व्यापारीहरुले भने उपभोक्तासँग चर्को मूल्य असुली रहेका छन् । उनीहरुले मूल्य बढेको बहाना बनाउँदै झन्डै दोब्बर मूल्य असुल गरिरहेका छ ।

व्यापारीहरुले टनेलको गोलभेडा १४० रुपैयाँदेखि १८० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । खुद्रा पसलहरुमा लोकल गोलभेडा पनि सय ११० देखि १३० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

कालिमाटीमा गत असार १ गते ठूलो गोलभेडा प्रतिकिलो ३५ रुपैयाँ टनेलको प्रतिकिलो १० रुपैयाँ र लोकल गोलभेडा प्रतिकिलो ५ रुपैयाँमा तोकिएको थियो ।

त्यस्तै, असार २ गते टनेलको गोलभेडाको मूल्य १० रुपैयाँ ६० पैसा र लोकल गोलभेडाको मूल्य ६ रुपैयाँ ५० पैसा थियो । असार ३ गते त कालिमाटीले टनेलको गोलभेडा प्रतिकिलो ८ रुपैयाँमै बिक्री गरेको थियो ।

भान्सामा दैनिक प्रयोग हुने तरकारीको मूल्य आकासिदा उपभोक्ता भने मारमा परेका छन्  ।

मूल्य नपाए किसान मारमा पर्ने गरेका छन् भने मूल्य बढे उपभोक्ता मारमा पर्ने गरेका छन्। बिचौलिया हाबी हुँदा किसान र उपभोक्ता भने सधैं मारमा पर्ने गरेका छन् ।

अहिले गोलभेडाको मात्र होइन अन्य उपभोग्य वस्तुको मूल्य पनि उस्तै आकासिएको छ । चामल लगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकासिदा उपभोक्तालाई भने छाक टार्नै मुस्किल परिरहेको छ ।

Artha Sanjal
मिती : २३ श्रावण २०८०, मंगलवार १६:३६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

युवासन्त श्रीनिवासाआचार्य पक्राउ

पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता

नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव

एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

ताजा समाचार

  1. युवासन्त श्रीनिवासाआचार्य पक्राउ
  2. पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता
  3. नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
  4. एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट
  5. नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदाको भनाई
  6. महँगी र बेथितिविरुद्ध संसद्‍मा सांसदको प्रश्नै–प्रश्न
  7. बझाङ केन्द्रबिन्दु बनाएर लगातार ४ रेक्टरमाथिका ६ वटा भूकम्प

विजनेश फोकस

ठमेलकाे गामबेंसी दोहोरी साँझमा म्याद नाघेकाे बि...

सामसङको चाडपर्व अफर : समान खरिदमा ४१ प्रतिशतसम्...

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित ग...

सेन्साईको दसैँ-तिहार योजना : कुनै पनि सामान किन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.