यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

काठमाडौं ।  सेयर बजारको ओरालो यात्राले आज (मंगलवार) पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक २८.४० अंकले घटेर २,०१९.८५ बिन्दुमा झरेको छ ।

आज १३ वटै उपसूचकको सेयरमूल्य घटेको छ । आज नेप्सेमा सूचीकृतमध्ये २६५ कम्पनीका ४८ लाख ६० हजार ७४१ कित्ता सेयर १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँमा किनबेच भएका छन्।

आज आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक १७ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

त्यसैगरी, शिवम सिमेन्टको ६ करोड ७८ लाख रुपैयाँबराबरको कारोबार भएको आज एभरेस्ट बैंकको ४ करोड ४३ लाख रुपैयाँ, सीईडीबी हाइड्रोपावरको ४ करोड १८ लाख रुपैयाँ, सोल्टी होटेलको ४ करोड ९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ९५ लाख रुपैयाँ, ज्योति विकास बैंकको ३ करोड ८१ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ५० लाख रुपैयाँ, अपर तामाकोशीको ३ करोड ४६ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ३ करोड १९ लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *