काठमाडौं । साउन १ गतेदेखि लागू हुनेगरी एनआइसी एसिया बैंकले पनि ब्याजदर बढाएको छ । आज (आइतबार) नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकले मुद्दति निक्षेपमा ब्याजदर बढाएको हो ।
बैंकले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार साउन १ गतेदेखि मुद्दति निक्षेपमा १०.९३ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकले ३ महिनादेखि १५ वर्षका व्यक्तिगत मुद्दति निक्षेपमा उक्त ब्याजदर दिने जनाएको छ । त्यस्तै, बैंकले ६ महिनादेखि १५ वर्षसम्मका लागि संस्थागत मुद्दति निक्षेप राख्नेलाई ८.९३ प्रतिशत ब्याजदर दिने भएको छ भने बचततर्फ न्यूतम ६.०७३ देखि अधिकतम ८.०७३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
बैंकले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म कर्जामा ब्याज लिने जनाएको छ । जेठ मसान्तमा बैंकको आधार दर १०.३५ प्रतिशत छ । बैंकबाट फिक्स्ड दरमा ऋण लिनेले १४.९९ प्रतिशत ब्याजदरमै कर्जा पाउने जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल