काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँगकाे मैत्रीपूर्ण खेलकाे श्रंखला जितेकाे छ । आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित हात पारेको हो ।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो। अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो।
बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाइन् । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग एक–एक गोलको बराबरी खेलेको थियो ।







