३ दिनमा १६ अर्ब रुपैयाँले बढ्यो निक्षेप

काठमाडौं । पछिल्लो ३ दिनको अवधिमा बैंकिङ प्रणालीमा १६ अर्ब रुपैयाँले निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत असार ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब ८३ अर्ब रुपैयाँ रहेकोमा असार १४ गतेसम्म बढेर ५५ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ।

असार १४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप पनि १६ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। गत असार ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब २७ अर्ब रुपैयाँ रहेको थियो।

यो दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेको छ। गत असार ११ गतेसम्म कुल कर्जा लगानी ४८ खर्ब ६३ अर्ब रुपैयाँ रहेकोमा असार १४ गतेसम्म घटेर ४८ खर्ब ५९ अर्ब रुपैयाँमा झरेको छ।

निक्षेप थपिने क्रम बढेसँगै असार १४ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो झरेर ८३.६२ प्रतिशतमा झरेको छ । गत असार ११ गतेसम्म औसत सीडी रेसियो ८३.९२ प्रतिशत थियो । असार १४ गतेसम्म अन्तरबैंक ब्याजदर भने ५ प्रतिशत नै रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *