रुपन्देही–२ : मा जनमोर्चाले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गरेको हस्ताक्षर फिर्ता लिएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने सत्ता गठबन्धनको निर्णयमा दुई मत देखिएको छ ।
गठबनधन दलहरुले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार अध्यक्ष केशवबहादुर थापा (सूर्यवंशी)लाई समर्थन गर्ने जनाएको थियो ।
कार्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुको बैठकले रुपन्देही–२ मा सूर्यवंशीलाई समर्थन गर्ने भनेर गरेको निर्णयसम्बन्धी हस्ताक्षरमा राष्ट्रि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि संलग्न थिए ।
तर पार्टीको तर्फबाट भएको हस्ताक्षर भूलबस हुन गएको भन्दै केसीले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । हस्ताक्षर फिर्ता लिँदै जनमोर्चाले नेमकिपाका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय गरेको छ ।






