भारतबाट आइपुग्यो १८ जना फरेन्सिक विशेषज्ञ टोली

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका व्यक्तिको शव पहिचानका लागि भारतबाट १८ जना फरेन्सिक विशेषज्ञ नेपाल आएका छन्।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार विशेषज्ञ टोलीले डीएनए परीक्षणमार्फत पहिचान नखुलेका शवको विवरण यकिन गर्न सहयोग गर्नेछ।

बाढीपछि फेला परेका शवको व्यवस्थापनका लागि हावा नछिर्ने एयरटाइट शव थैलीसमेत प्राप्त भएको र थप थैली आपूर्ति हुने क्रममा रहेको राईले जानकारी दिए।

भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि विभिन्न स्थानबाट मृत शरीर फेला पर्ने क्रम जारी छ। पहिचान नखुलेका शवको वैज्ञानिक विधिबाट पहिचान गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *