निर्वाचन आयोगले शिर्ष नेताको फोटो राखेर ‘नो नट अगेन’ भन्दै प्रचार प्रसार गर्न नपाउने निर्देशन दिएपछि अभियानले चर्चा पाएको छ। पुराना नेता हराउ अभियान निर्वाचन आयोगको कारण झनै चर्चामा रहेको हो । निर्वाचन आयोगले यसको फेसबुक पेज तथा ग्रुपलाई बन्द गर्न निर्देशन दिएपछि त झन आयोगको व्यापक आलोचना सहित चर्चामा छ ।
‘नो नट अगेन’ अहिले सामाजिक सञ्जालमा ह्यासट्याग ट्रेन्डिङमा रहेको छ । नेपालको ट्रेन्डिङ सूचीमा ह्यासट्याग नो नट अगेन पहिलो स्थानमा रहेको देखिन्छ । । कात्तिक ८ गते आयोगले निर्वाचन मंसिर ४ गतेका लागि तय भएको अवस्थामा लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यदृश्य सामग्री प्रकाशन गरेको भन्दै ‘नो नट अगेन’ पेज तथा ग्रुप हटाउन निर्देशन दिएको थियो ।
“पटक-पटक फेल भइसकेका” नेताहरूबाट “फेरि शासित हुन नपरोस्” भन्दै सामाजिक सञ्जालमा सुरु भएको ‘नो नट अगेन’ अभियानलाई कारबाहीको चेतावनी दिने निर्वाचन आयोगको निर्णयप्रति सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त भइरहेका छन्।






