काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले दुई करोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँ संकलन गरेको छ ।
कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठले सोमबार १५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा बाढी प्रभावित तथा पीडित परिवारका लागि उक्त रकम संकलन गरिएको उल्लेख छ ।
उक्त रकम क्रियाशील सदस्य, शुभेच्छुक तथा नेपलाभित्र र बाहिरबाट संकलन भएको कोषाध्यक्ष श्रेष्ठले प्रतिवेदनमार्फत जानकारी गराएका छन् । जसमध्ये कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गरेको थियो ।
कोषाध्यक्ष श्रेष्ठले बाँकी रहेको एक हरोड ८१ लाख ७२ हजार ९७४ रुपैयाँ नेपाल बैंक तथा ईसेवामा बाँकी रहेको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।
‘बाँकी रकमसमेत सम्बन्धित निर्णय तथा आवश्यकताअनुसार राहत तथा पुनःस्थापनाका कार्यमा परिचालन गरिने छ,’ प्रतिवेदनमा भनिएको छ ।




