काठमाडौं । शेयर बजार सुधारका लागि अर्थ मन्त्रालयले २१ बुँदे कार्ययोजना सार्वजनिक गरेसँगै मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।
सोमबार अर्थ मन्त्रालयले ‘पूँजी बजार सुदृढीकरण तथा पुनःउत्थान कार्ययोजना’ सार्वजनिक गरेको थियो। त्यसको प्रभाव मंगलबारको बजारमा देखिएको हो।
आज नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ को बिन्दुमा बन्द भएको हो । आज ३४७ कम्पनीको २ करोड ३ लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २९ करोड माथिको शेयर कारोबार भएको छ । आज २६४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन एउटा कम्पनी शेयर बजार स्थिर रहेको छ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३१ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको २८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९६ प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ११.०३ प्रतिशतका दरले कमाएका छन् । मल्टीपर्पज फाइनान्सका लगानकिर्ताले ९.७३ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै एभरेष्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानकिर्ताले ५.५५ प्रतिशतका दरले गुमाएका हुन् ।






