काठमाडौं। ग्लोबल आइएमई बैंकले ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ सार्वजनिक गरेको छ। अब खाता खोल्न बैंक शाखा पुग्नुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ।
राष्ट्रिय परिचयपत्र वा राहदानी भएका ग्राहकले बैंकमा नगई अनलाइनमार्फत सहजै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सक्नेछन्। आवेदन दिएलगत्तै खाता सञ्चालनमा आउनेछ।
खातामा न्यूनतम मौज्दात (मिनिमम ब्यालेन्स) शून्य राखिएको छ भने ग्राहकले घरमै बसेर मोबाइल बैंकिङ सेवा सञ्चालन गर्न सक्नेछन्। बैंकका अनुसार मोबाइल बैंकिङ सेवाको पहिलो वर्ष कुनै शुल्क लाग्ने छैन।
बैंकले ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’मा आकर्षक ब्याजदरको सुविधा पनि उपलब्ध गराएको जनाएको छ। सरल, छिटो र पूर्ण रूपमा डिजिटल माध्यमबाट खाता खोल्न सकिने भएकाले यो सेवा विशेषगरी युवा पुस्ताका लागि उपयोगी हुने बैंकको विश्वास छ।




