कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार शुल्क, उपसभापतिदेखि प्रदेश सदस्यसम्मको शुल्क कति ?

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन निर्देशिका जारी गरेको छ। निर्देशिकामा पार्टीका विभिन्न तहका पदमा उम्मेदवारी दिँदा बुझाउनुपर्ने शुल्क र आवश्यक प्रस्तावक तथा समर्थकको संख्या तोकिएको छ।

निर्देशिकाअनुसार कांग्रेसको केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन ४० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधिमध्येबाट १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ। यी पदमा उम्मेदवारी दिन सात जना प्रस्तावक र सात जना समर्थक आवश्यक पर्नेछ।

केन्द्रीय सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ शुल्क तोकिएको छ भने पाँच जना प्रस्तावक र पाँच जना समर्थक आवश्यक पर्नेछ। केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ। उक्त पदमा उम्मेदवारी दिन तीन जना प्रस्तावक र तीन जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।

प्रदेशतर्फ सभापति पदका लागि २० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि १५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि १० हजार रुपैयाँ र प्रदेश सदस्यका लागि पाँच हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।

कांग्रेसमा उम्मेदवार बन्न कसलाई कति शुल्क?

Leave a Reply

Your email address will not be published. Required fields are marked *