स्थानीय तह निर्वाचन अन्तर्गत यो समाचार तयार पार्दासम्म ५७० पालिकाको परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले बिहीबार नियमित पत्रकार सम्मेलन गरेर ५७० तहको मतगणना सम्पन्न भएर नतिजा आएको जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १७४र१७४ मेयर र उपमेयर र ३९६र३९६ अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएको जानकारी दिए । उनकाअनुसार ५ हजार ६५९ वडाध्यक्ष निर्वाचित भएका छन् ।
महिला सदस्यमा ५ हजार ६५३ जना निर्वाचित भएका छन् । दलित महिला सदस्यमा ५ हजार ५५६ जना निर्वाचित भएका छन् । अन्य वडा सदस्य १ हजार २९५ जना निर्वाचित भइसकेका छन्। यो गरेर कुन २९ हजार ३०३ जना जनप्रतिनिधि निर्वाचित भएको आयोगले जनाएको छ ।
७५३ स्थानीय तहमा कुल ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुनुपर्छ। अझै करिब ६ हजार जनप्रतिनिधि निर्वाचित गराउन मतगणना चलिरहेको छ ।
आयोगका प्रवक्ता पौडेलले ८० प्रतिशत हाराहारीको मतपरिणाम आइसकेको र साँझसम्म ८५ प्रतिशत पालिकाको नतिजा आउने बताए ।
विभिन्न कारणले सम्पन्न हुननसकेको मतगणना स्थलमा बढीभन्दा बढी गणक परिचालन गरेर गणना गर्न आयोगले मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
पून : चुनाव हुने र भएका स्थलमा मतपेटिका प्राप्त भएको चार दिनभित्र मतगणना सकिनेरी निर्देशन दिइएको प्रवक्ता पौडेलले जानकारी दिए ।






