एनआईएमबीले कमायो पौने ३ अर्बबढी नाफा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

प्रकाशित वित्तीय विवरणअनुसार बैंकले २ अर्ब ७४ करोड ७२ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ३३ करोड २२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ९८ करोड ८६ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष बैंकले १४ अर्ब २० करोड २६ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब २३ करोड ४७ लाख २१ हजार रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १८ अर्ब २५ लाख १९ हजार रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको सञ्चालन नाफा ४ अर्ब ३४ करोड ३१ लाख ६० हजार रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब २० करोड ३२ लाख ३८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १७ अर्ब ६५ करोड २४ लाख ७९ हजार रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ७३ करोड १० लाख ३ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा भने ५ अर्ब ८ करोड ७५ लाख ५३ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

बैंकको टायर वान क्यापिटल एडुकेसी रेसियो ९. ४६ प्रतिशत छ भने समग्र क्यापिटल एडुकेसी रेसियो १२.२७ प्रतिशत रहेको छ । ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३८ अर्ब ४३ करोड ३४ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

गत असारसम्म बैंकको निक्षेप संकलन  ११ .४७ प्रतिशत बढेर ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँ पुगेको छ भने बैंकले ३ खर्ब २१ अर्ब ३४ करोड २० लाख रुपैयाँ प्रवाह गरेको छ ।

अघिल्लो वर्षसम्म बैंकले ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २३ अर्ब १७ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत असारसम्म बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६८.१७ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ८.०५ रुपैयाँमा रहेको छ भने  बैंकको प्रतिसेयर नेटवर्थ १९७.७१ रुपैयाँ छ । त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात २३.६० गुणा छ । बैंकको खराब कर्जा अनुपात ८.६६ प्रतिशत छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *