रक्सीले मातेका सांसद मतगणनास्थलमा प्रवेश गर्न खोजेपछि…

मदिरा सेवन गरेर मतगणना स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले एक जना सांसदलाई गेटबाटै फर्काइदिएको छ । दाङ क्षेत्र नम्बर ३ का सांसद हिराचन्द्र केसी तुलसीपुर उपमहानगरपालिकाको मतगणना भइरहेको सरकारी वकिलको कार्यालयमा प्रवेश गर्न खोज्दै थिए ।

गेटमा ब्रेथलाइजरले मापसे चेक गर्दा मदिरा सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनलाई भित्र प्रवेश गर्न नदिएर फर्काएको हो ।

प्रहरीले बाटो छेकेपछि उनी गेटबाटै फर्केका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *