काठमाडौं — साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ।
यता, चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ४ हजार ५१० रुपैयाँ रहेको चाँदी आइतबार ४ हजार ४७५ रुपैयाँमा कारोबारका लागि निर्धारण गरिएको महासंघले जनाएको छ।




