काठमाडाैँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउविरुद्ध प्रत्यक्षकरणको निवेदन दर्ता भएको छ।
सीइओ पाण्डेकी श्रीमती निरु दाहाल पाण्डेले सर्वोच्च अदालतमा आफ्ना श्रीमानलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै निवेदन दिएकी हुन्। पारिवारिक स्रोतका अनुसार रिटमाथि बिहिबार अर्थात् आज सुनुवाइ हुँदैछ।
स्मार्ट टेलिकम प्रालिको सम्पत्ति धितो लिलाम गरेको विषयमा प्रश्न उठाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई बुधबार पक्राउ गरेको थियो।
स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी ढंगले हडप्न खोजेको सरकारलेको दाबी छ। तर बैंकले भने लिलाम प्रक्रिया नियमित कानुनी प्रक्रियाबाटै नेपाल राष्ट्र बैंकको नियम र स्वीकृतिमै भएको स्पष्ट पारेको छ।
धितो लिलाम गरेर डुबेको ऋण असुल्दा सीईओ पक्राउ, बैंकिङ क्षेत्र भन्छ– ‘प्रणालीमाथिकै प्रहार’
राष्ट्र बैँकको स्वीकृतिमै गरेको थियो इन्भेस्टमेन्ट बैंकले स्मार्ट टेलिकमको धितो लिलामी






