प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सलाई नयाँ पुनर्बिमा व्यवसाय गर्न रोक लगायाे (सूचनासहित)

काठमाडौं। नेपाल बिमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ।

आज प्राधिकरणले सूचना प्रकाशित गर्दै बिमा ऐन, २०७९ बमोजिम कम्पनीलाई नयाँ पुनर्बिमा व्यवसाय नगर्न निर्देशन दिएको हो।

सूचनाअनुसार कम्पनीले ‘पूवर्बिमा दाबी भुक्तानी’ गर्नुपर्ने दायित्व पूरा नगरेको भन्दै यस्तो निर्णय गरिएको हो। तर, कम्पनीले यसअघि स्वीकृत भइसकेका पुनर्बिमा व्यवसायसँग सम्बन्धित दायित्व तथा व्यवस्थापन गर्न भने पाउनेछ।

यसअघि  प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृतसहित पाँच उच्च व्यवस्थापनका अधिकारीसँग स्पष्टीकरण मागेको थियो।

यस्तै, सम्पत्ति शुद्धीकरण विभागले फागुन २८ मा प्राधिकरणलाई पत्राचार गर्दै व्यवसायी दीपक भट्टले नेपाल पुनर्बिमासहितका विभिन्न संस्थाको सेयर खरिद गर्न ग हिमालयन रि इन्स्योरेन्सलगायतबाट करिब ४ अर्ब दुरुपयोगको गरेको आशंकामा छानबिन भइरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *