भारतीय अर्थतन्त्र खस्किएर बेलायतभन्दा तल झरेर छैटौँ स्थानमा पुग्याे

काठमाडाैं। अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै जारी गरेको अनुमानअनुसार भारतीय अर्थतन्त्रको आकार बेलायतभन्दा तल झरेर छैटौँ स्थानमा पुगेको छ।

आइएमएफले अप्रिलमा सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक परिदृश्य’अनुसार भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२६/२७ को अन्त्यमा ४.१५ ट्रिलियन डलर हुने प्रक्षेपण छ ।

जबकि, भारतभन्दा अगाडि रहेको बेलायतको जिडिपी ४.२६ ट्रिलियन डलर हुने प्रक्षेपण छ ।

भारतको वरीयतामा भएको गिरावट सम्भवतः आइएमएफले अर्थतन्त्रको मूल्यांकनका लागि आधार वर्षमा गरेको संशोधनले निम्त्याएको हुन सक्छ ।

त्यसमाथि भारतीय मुद्राको निरन्तर अवमूल्यनले पनि भारतको वरीयता गिरावटमा भूमिका खेलेको हो ।

पछिल्लो तथ्यांकअनुसार शीर्ष चार स्थानमा रहेका देशको जिडिपी क्रमशः पहिलो अमेरिकाको ३२.२ ट्रिलियन अमेरिकी डलर, दोस्रो चीनको २०.८५ ट्रिलियन डलर, तेस्रो जर्मनीको ५.४५ ट्रिलियन डलर र चौथौ  जापानको जिपिडी ४.३८ ट्रिलियन डलर छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *