एनएमबि लघुवित्तले माग्यो चार विभागका लागि कर्मचारी

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले आन्तरिक लेखा परीक्षण विभाग, सूचना प्रविधि विभाग, शाखा प्रमुख र फिल्ड सहायक विभागका लागि कर्मचारी माग गरेको छ । संस्थाले यी विभिन्न विभागमा स्थायी पदपुर्ति गर्न लागेको सूचना उल्लेख गरेको छ ।

आफ्नो केन्द्रीय कार्यालय तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका लागि कर्मचारी माग गरेको संस्थाको भनाई छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले साउन २७ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ । अनलाइन आवेदन दिन पनि सकिनेछ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *