राप्रपाले समानुपातिक सांसद टुंग्यायो, पार्टीभित्र व्यापक असन्तुष्टि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिक उम्मेदवारको टुंगो लगाएको छ। आज केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको कार्यसम्पादन समिति बैठकले ४ जना समानुपातिक सांसदको टुङ्गो लगाएको हो।

राप्रपाले खस आर्यबाट भरत गिरीको नाम सिफारिस गरेको एक नेताले बताए। त्यस्तै मुस्लिम क्लस्टरबाट ताहिर अलीलाई सांसद बनाउने निर्णय गरिएको छ। त्यसैगरी महिला कोटाबाट सरस्वती लामा र खुस्बु ओलीलाई सिफारिस गरिएको छ। लामा पार्टी उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती हुन्।

राप्रपाको यो निर्णयसँगै पार्टीभित्र व्यापक असन्तुष्टि चुलिएको छ। देश भरबाट राप्रपा प्रत्यक्षमा एक र समानुपातिकमा जम्मा ४ सिटमा सिमित भएर मुद्दा नै कमजोर बन्ने स्थितिमा पुगेपछि भएका मध्य छानेर सडकको आवाज सदनमा बोल्न सक्ने धार्मिक योद्धाहरु सिफारिस गर्नुपर्ने आवाज चौतर्फी उठेको थियो। तर, राप्रपाले जनमतको कदर नगरी पुरानै प्रवृत्ति दोहोर्‍याएको भन्दै पार्टी बैठककै नेताहरु दुई कित्तामा विभाजित भएका छन्।

राप्रपाबाट खुस्बु ओलीसँगै पुष्पराज पुरुष , अमर परियारलाई सिफारिस गर्न राप्रपालाई कार्यकर्ताले दवाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *