कांग्रेसले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने २० जनाको नाम

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ बन्दसूचीबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।

आइतबार बसेको सो पार्टीको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका ती नामहरू आजै आयोगमा बुझाउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक गरी ५ जनाको नाम आयोगमा पठाउने निर्णय गरिएको हो । अन्य तीन जनाकाे नाम समेत क्लष्टर मिलाएर पठाइने प्रवक्ता चालिसेले बताए ।

ती मध्ये १५ जना महिलाकाे नाम अनिवार्य रूपमा आयाेगमा पठाइने उनले बताए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *