राप्रपा उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्य निस्कासित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका दुई नेताहरूमाथि कारबाही गरेको छ ।

पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई साधारण सदस्य मात्र रहने गरी पदमुक्त गरिएको हो।

उनीहरू दुवैलाई साधारण सदस्य मात्र रहने गरी पदमुक्त गरिएको पार्टी अध्यक्ष राजेन्द्र लिङदेनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टी हितविपरीतका गतिविधि गरेको आरोपमा उनीहरूलाई कारबाही गरिएको हो । उनीहरू दुवैले पार्टीका विरुद्धमा समाजिक संजाल लगायतमा नकारात्मक प्रचार गर्ने र अफवाह फैलाउने गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *