रसुवामा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो

सुख्खा मौसम सुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ । शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो । वन क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका-१ रोङ्गादेखि दाहालफेदी सामुदायिक वन र नाकथलीको लेकको जंगलमा शनिबार बिहानदेखि डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मिले जानकारी दिए । ‘रोङ्गामा निर्माणाधीन लाङटाङ भोटेकोसी…

Read More

लायन्स क्लब काठमाडौं गुल्मीद्वारा दुई क्लबलाई चार्टर हस्तान्तरण

लायन्स क्लब काठमाडौं गुल्मीले दुई क्लबलाई चार्टर हस्तान्तरण गरेको छ । काठमाडौंमा शनिवार आयोजित कार्यक्रममा डिष्ट्रिक गभर्नर विशेश्वर आचार्यले लायन्स क्लब अफ काठमाडौं पूर्णतारा र लायन्स क्लब अफ काठमाडौं एक्मिटिमलाई चार्टर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा लायन्स क्लब इन्टरनेसनलका एरिया लिडर बालकृष्ण बुर्लाकोटीले समाज रुपान्तरणमा लायन्सहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै काठमाडौंमा रहेर पनि गुल्मीका गाउँमा…

Read More

खानेपानीले हाहाकार बनेको गाउँ हरियाली

खानेपानी अभावकै कारण बर्सेनि दर्जनौँ परिवार बसाइ सर्नु पर्ने बाध्यता रहँदै आएको तेह्रथुमको छथर गाउँपालिकाकाेकाे समस्या समाधान भएपछि अहिले दैनिकी फेरिएकाे छ । स्थानीय सरकारले  खानेपानी आयोजना सञ्चालन गरेपछि यहाँकाे दैनिक फेरिएकाे हाे । गाउँ गाउँमा पानी पुगेपछि अहिले सबेरै खानेपानी कै निम्ति भौँतारिनु पर्ने बाध्यताबाट मुक्त भएको छथर-३ पञ्चकन्याका बद्रीनाथ क्षेत्रीले बताए । उनी भन्छन्, ‘केही वर्षअघिसम्म हामी खानेपानीको जोहो गर्दैमा दिन…

Read More

दमौलीकाे एक हार्डवयर पसलमा आगलागी

जिल्ला सदरमुकाम दमौलीस्थित हार्डवयर पसलकाे गाेदाममा भिषण आगलागी भएको छ ।  व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवयरमा भिषण आगलागी भएको हो । हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो । प्रहरी र स्थगानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन् । आगलागीको कारणबारे खुल्न नसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ…

Read More

सेनेहाङ सेवा समाजको अध्यक्षमा गणेश सेनेहाङ

पूर्वी नेपालमा बसोबास गर्दै आएका सेच्छेरे सेनेहाङ लिम्बुहरूको साझा संस्था सेनेहाङ सेवा समाजको केन्द्रीय दोस्राे अधिवेशन सम्पन्न भएको छ । तेह्रथुम लालिगुराँस नगरपालिका-६ सुङनाममा सम्पन्न अधिवेशनले पुन: गणेश सेनेहाङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेकाे हाे । गत बिहीबारदेखि सुरु भएको अधिवेशनले सर्वसम्मत १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा शेरबहादुर सेनेहाङ, इन्द्रबहादुर सेनेहाङ र मञ्जु सेनेहाङ, चमहासचिवमा टीआर सेनेहाङ,सचिव लोकराज सेनेहाङ,कोषाध्यक्ष…

Read More

लिम्चुङबुङको नगरेमा बुद्ध मूर्ति स्थापना

लिम्चुङबुङ गाउँपालिकाको नगरेमा ग्याल्पो ल्होसारको अवसरमा बुद्ध मूर्ति स्थापना गरिएको छ । गाउँपालिकाले बौद्ध धर्माबलम्बीको सम्मानमा शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा बुद्ध मूर्ति स्थापना गरी अनावरण गरेको हो । शेर्पा समुदायको बाहुल्यता रहेको पालिकाको वडा नम्बर ३ नगरे गाउँमा बुद्ध मूर्ति राखेर अनावरण गरेको पालिकाका लेखा अधिकृत ताराकिरण राईले जानकारी दिए । ल्होसारको विशेष कार्यक्रमसँगै…

Read More

मानापाथी हिमालमा फेरि हिमपहिरो खस्यो

मुस्ताङको मानापाथी हिमालबाट पुनः हिमपहिरो खसेको छ । कार्तिकको तेश्रो साता हिमपहिरो खस्दा भागदौड मच्चिएको थियो । तीन महिना नकट्दै पुनः सोही ठाउँमा हिमपहिरो खसेको हो । हिमपहिरोका कारण चौँरीगोठ पुरिएको स्थानीयले बताएका छन् । हिमालको फेदमा रहेको सुशिला गौचन र नरप्रसाद गौचनको चौँरीगोठमा रहेका १५ चौँरी हिमपहिरोमा पुरिएर मरेको बताइएको छ । त्यहाँ ३९…

Read More

सदरमुकामकै विद्यालयको दुरावस्था : खानेपानी र शौचालय समेत छैन

‘विद्यालयमा खानेपानी छैन् खानेपानी नभएको ठाउँमा शौचालय हुने त  कुरै भएन,’ उनले भने, ‘नगरपालिकासँग केही सहयोग मागौं भने विद्यार्थी कम छन् भनेर आलटाल गर्छन् ।’ उनी अर्थात डडेल्धुरा अमरगढी नगरपालिका–१ ढुनढुनेस्थित भुवनेश्वरी प्राथमिक विद्यालयका प्रधानाध्यापक मोहनसिंह ऐर । बाल विकासदेखि कक्षा तीनसम्म १४ जना विद्यार्थी रहेको विद्यालयको अभिलेखमा उल्लेख छ । तर, विद्यालयमा ६ जना…

Read More

काठमाडौं प्रशासनले लगाएको सबै प्रतिबन्ध खुला

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को संक्रमण रोकथामका लागि लगाएका सबै प्रतिबन्ध हटाउने भएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि प्रचलित कानुन बमोजिम राजनीतिक, सामाजिक, आर्थिक व्यावसायिक लगायतका कार्य स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने उल्लेख गरेका छन् । कोरोना संक्रमित र ओमिक्रोन भेरियन्टको संख्या बढेपछि केही…

Read More

नेपाल टेलिकमले मोबाइलको नयाँ प्रविधि फाइभजी अध्ययन

नेपाल टेलिकमले मोबाइलको नयाँ प्रविधि फाइभजी परीक्षणका लागि आवश्यक अध्ययन सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७८÷७९ भित्रै फाइभजी परीक्षण सुरु गर्ने तयारीका साथ कम्पनीले आवश्यक अध्ययन भएको हो । यसअघि टेलिकमले फोरजी सेवाका लागि चिनियाँ कम्पनी चाइना कम्युनिकेसन्स सर्भिस इन्टरनेसनल सीसीएसआई सँग सम्झौता भएको थियो । सोही सम्झौतामा नयाँ प्रविधि फाइभजी समेत देशको…

Read More

नियमित काम गरेरै भिन्न बन्दै अर्घाखाँचीका प्रहरी प्रमुख

भूमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा निर्वाचित भएपछि उनको प्राथमिकतामा परेको थियो धनचौर क्षेत्रमा प्रहरी चौकी स्थापना । सन्धिखर्क बजारबाट लामो दुरीमा रहेको र जिल्ला प्रहरी कार्यालयले नै हेर्नुपर्ने यो क्षेत्रका जनताका मागअनुसार पनि नगर प्रमुख थापाले जिल्ला प्रहरी कार्यालयसँग धेरैपटक आग्रह गरेका थिए । जनशक्ति अभावको बहाना देखाउँदै प्रहरी प्रमुखहरू उम्किइरहन्थे, तत्काल सकिँदैन भनेर ।…

Read More

सामाजिक र व्यावसायिक परिवर्तनका लागि युवाको भूमिका महत्वपूर्ण

पुरानो सीपलाई आधुनिकता दिनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । भक्तपुर उद्योग वाणिज्य संघको आयोजना तथा मोर्डन युथ फर सोसाइटी र योङ आन्टरपेनर सर्कलको सहआयोजनामा बिहीबार भक्तपुरमां भएको कार्यक्रममा यस्तो बताइएको हो । युवा व्यवसायीहरूका लागि अभिमुखीकरण कार्यक्रममा उनीहरूले सामाजिक र व्यावसायिक परिवर्तनका लागि युवाको भूमिका आजको आवश्यकता रहेको बताए । वरिष्ठ परामर्शदाता तथा लायन्स क्लब…

Read More

१५ दिने मध्यपरिक्रमा सुरु (फोटोसहित)

धार्मिक तथा ऐतिहासिक  १५ दिने मध्य परिक्रमा आजदेखि सुरु भएको छ । फागुने औँसीदेखि पूर्णिमासम्म मनाइने उक्त परिक्रमाअन्तर्गत बिहीबार धनुषाको मिथिला विहारी नगरपालिकाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट किशोरीजीको डोला निकालिएको छ । मधेश प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, मिथिला विहारी नगरपालिका मेयर सुनिल यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडल, वृहत्तर जनकपुर क्षेत्र…

Read More

गाउँमा सिंहदरवार आउँछ भन्थे चुनाव जितेपछि नेता समेत फर्केनन्

महाकाली नदी निरन्तर बगिरहेको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–१ को चुँडी गाउँबाट भारतको चम्फावत जिल्लाको ताम्ली गाउँ टल्किरहेको छ। शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार सबैको पहुँच पुगेको छ त्यहाँ । साँझ पर्‍यो कि झिलिमिली हुन्छ, ताम्ली गाउँ। तर, नेपाली भूमि चुँडी गाउँ भने अन्धाकारमय छ। चुँडी गाउँमा भारतको जस्तै विकास कहिले होला भनेर सोच्ने गर्छिन्, सुनादेवी बोहरा।…

Read More

‘पीडित’को पक्षमा उभिएका यी अभिनेत्रीहरू

एक नाबालिग गायिकाले जबरजस्ती करणी कसुरमा उजुरी दिएपछि अहिले अभिनेता पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा छन् । पछिल्लो समय एक टेलिभिजन कार्यक्रममार्फत ‘रियल हिरो’ को उपाधिसमेत पाएका पललाई सात दिन हिरासतमा राख्ने अदालतबाट अनुमति लिएर तनहुँ प्रहरीले अनुसन्धान जारी राखेको छ । यस प्रकरणमा सार्वजनिक गरिएका अडियोले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा…

Read More

पीडितको पक्षमा बोल्न थाले अभिनेत्रीहरू

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि अभिनेता पल शाह न्यायिक हिरासतमा छन् । उनी तनहुँ प्रहरीको न्यायिक हिरासतमा छन् । तर, पीडित नाबालिग नायिकाको पक्षमा अभिनेत्रीहरू बोल्न थालेका छन् । आरोपी शाहको पक्षमा समूहगत आवाज उठिरहँदा अभिनेत्रीहरू पीडितको पक्षमा उभिएका हुन् । मंगलबार सार्वजनिक रुपमा अभिनेत्री रेखा थापाले बालिका कानुनतः सबै प्रकारको सुरक्षा र…

Read More

गाई पाले दूध बिक्दैन, होटेल खोले ग्राहक आउँदैनन्:दलित समुदाय

समाजमा व्याप्त जातीय विभेदका कारण दलित समुदायले रोजगारीका लागि भारतनै जानुपर्ने पर्ने बाध्यता रहेको गुनासो गरेका छन् । आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्दा व्यवसाय नचलेपछि बाध्यभएर रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेको गोदावरी नगरपालिका-३ की राजुदेवी विकले बताइन् । ‘होटल सञ्चालन गरे दलितको होटल हो भन्दै कोही ग्राहक आउँदैनन्,’ उनले भनिन्, ‘गाईपाले कसैले दूध किन्दैनन्…

Read More

कस्तो सपनाको फल के हुन्छ यो पढ्नुहोस !

सपनाले भविष्यमा हुनेवाला राम्रो–नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ । तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं । प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ । सपनाको संसार ज्यादै नै रोचक हुन्छ । पहिला पहिला यो पुराण, इतिहास र ज्योतिषमा मात्र सीमित हुन्थ्यो तर आजभोलि…

Read More

गाउँ–गाउँमा जनचेतनामूलक कचहरी नाटक

खोटाङको ६ स्थानमा जनचेतनामूलक कचहरी नाटक प्रदर्शन गरिएको छ । साइनो कला केन्द्रले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा, दिक्तेल बहुमुखी क्याम्पस, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपा, दिक्तेल इङ्लिस बोर्डिङ स्कुल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा जनचेतनामूलक कचहरी नाटक प्रदर्शन गरेको हो । वैदेशिक रोजगारमा गएका व्यक्तिको घरपरिवारमा लगाइने लाञ्छना कम…

Read More

थप ३१२ जना कोरोना संक्रमित, २ जनाको मूत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ३१२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २५६ जना र एन्टिजन परिक्षण गर्दा ५६ जना गरि जम्मा ३१२ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस…

Read More