थप ३१२ जना कोरोना संक्रमित, २ जनाको मूत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ३१२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २५६ जना र एन्टिजन परिक्षण गर्दा ५६ जना गरि जम्मा ३१२ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ९११ जना कोरोनामुक्त भएका छन् ।

नेपालभर  कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *