लिम्चुङबुङको नगरेमा बुद्ध मूर्ति स्थापना

लिम्चुङबुङ गाउँपालिकाको नगरेमा ग्याल्पो ल्होसारको अवसरमा बुद्ध मूर्ति स्थापना गरिएको छ । गाउँपालिकाले बौद्ध धर्माबलम्बीको सम्मानमा शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा बुद्ध मूर्ति स्थापना गरी अनावरण गरेको हो ।

शेर्पा समुदायको बाहुल्यता रहेको पालिकाको वडा नम्बर ३ नगरे गाउँमा बुद्ध मूर्ति राखेर अनावरण गरेको पालिकाका लेखा अधिकृत ताराकिरण राईले जानकारी दिए ।

ल्होसारको विशेष कार्यक्रमसँगै पालिका अध्यक्ष मेजरकुमार राईले बुद्ध मूर्तिको अनावरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *