मानापाथी हिमालमा फेरि हिमपहिरो खस्यो

मुस्ताङको मानापाथी हिमालबाट पुनः हिमपहिरो खसेको छ । कार्तिकको तेश्रो साता हिमपहिरो खस्दा भागदौड मच्चिएको थियो । तीन महिना नकट्दै पुनः सोही ठाउँमा हिमपहिरो खसेको हो ।

हिमपहिरोका कारण चौँरीगोठ पुरिएको स्थानीयले बताएका छन् । हिमालको फेदमा रहेको सुशिला गौचन र नरप्रसाद गौचनको चौँरीगोठमा रहेका १५ चौँरी हिमपहिरोमा पुरिएर मरेको बताइएको छ । त्यहाँ ३९ वटा चौंरी थियो ।

जिल्ला प्रशासन कार्यालयले भने सात वटा मरेको र अरु हराएको जनाएको छ । १४ वटा चौँरी भने जिउँदै भेटिएको स्थानीयले बताए । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले घटनाबारे खोजबिन भैरहेको बताए ।

‘के कति क्षति भयो भन्ने एकिन छैन । प्रहरी खटाएर हामी खोजी गर्दै छौं,’ उनले भने, ‘कार्तिकमा पहिरो झरेकै ठाउँबाट अहिले पनि झरेको हो ।’ उनले जलवायु परिवर्तनको असरले मुस्ताङको तापक्रम दैनिक बढ्दै गएकोले हिमालमा क्षति पुगेको बताएका छन् ।

‘तापक्रम बढेको छ । घाम लाग्ने वित्तिकै मान्छेहरु डराउँछन् । किसानहरूले गोठ सार्न थालेका छन्,’ उनले थपे, ‘विज्ञहरू पनि यसलाई जलवायू परिवर्तनकै असर भन्छन् । गाउँलेलाई सोध्दा यस्ता घटना कहिलै नब्यहोरेको सुनाउँछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *