नेशनल लघुवित्तको सञ्चालकमा आचार्य नियुक्त

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा प्रमोद आचार्य नियुक्त भएका छन्।

संस्थाका प्रमुख संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक रविन सिजापती बैंकबाट अलग भएपछि रिक्त रहेको सञ्चालक पदमा बैंकले आचार्यलाई मनोनयन गरेको थियो।

उक्त मनोनयनअनुसार नेशनल लघुवित्तको मिति २०८३ असोज १२ गते बसेको २१४औँ सञ्चालक समितिको बैठकले आचार्यलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको संस्थाले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *