सपोर्ट लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिको २ करोड ७० लाख रुपैयाँको तुलनामा नाफा १८१.३६ प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा लघुवित्तले १८ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले १३ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३५.५५ प्रतिशतले बढेको हो ।

यस अवधिमा लद्दुवित्तको कुल सञ्चालन आम्दानी ३४.८५ प्रतिशतले वृद्धि भएको छ भने सञ्चालन मुनाफा १३४.२५ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड २ लाख हजार रुपैयाँ रिभर्स छ।

१३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १४ करोड ९ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा लघुवित्तको ६ करोड ७० लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ ।

समीक्षा अवधिमा प्रति शयर आम्दानी ३४ रुपैयाँ ७१ पैसा बढेर ५६ रुपैयाँ ८२ पैसा पुगेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ३२.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १३ पैसा रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *