नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउछौँ: पर्यटनमन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आवश्यक नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पर्यटनमन्त्री पाण्डेको स्वागतका लागि नेपाल पर्यटन बोर्डले शनिबार आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधार गर्न मन्त्रालय तयार रहेको बताएका हुन्।

उनले सार्वजनिक निजी साझेदारीको बोर्डलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्दै पर्यटनलाई चलायमान बनाउन निर्देशन पनि दिए।

नेपालमा पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले पर्यटनका लागि प्रकृतिले दिएको अद्वितीय सम्भावनाको सदुपयोग गर्दै नेपालको आर्थिक समृद्धिमा पर्यटनको योगदानलाई बढाउनुपर्नेमा जोड दिए।

उनले पर्यटनलाई थप चलायमान बनाउन अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति आवश्यक भएको बताए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *