७ महिनामा भित्रिए ६ लाख ४७ हजार पर्यटक

काठमाडौं । सन् २०२४ को जुलाई महिनामा ६४ हजार ५९९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुलाईमा सबैभन्दा कम पर्यटक आएका नेपाल पर्यटन बोर्डले जनाएकाे छ । कोभिडअघि सन् २०१९ को जुलाईमा ७० हजार ९१६ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

सन् २०२४ को जुलाईसम्म नेपाल घुम्न आउने पर्यटकहरूको सङ्ख्या ६ लाख ४७ हजार ६१५ जना पुगेको छ । पछिल्लो चार वर्षको तुलनामा भने यस अवधिमा पर्यटक आगमन उच्च हो ।

सन् २०२३ को जुलाईमा ५७ हजार ७२६ जना विदेशी पर्यटक नेपाल आएका थिए भने २०२२ मा ४४ हजार ४६२, २०२१ मा ३ हजार ६३ र २०२० को जनवरीमा जम्मा १९६ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

जुलाई २०२४ मा भारतबाट सर्वाधिक २१ हजार ४ सय ९१ पर्यटक आएका छन् । दोस्रो स्थानमा अमेरिकी पर्यटक आगमन छ । यो महिना ८ हजार ८ सय ६८ अमेरिकी आएका छन् ।

तेस्रो स्थानमा चिनियाँ पर्यटक आगमन देखिन्छ । यो महिना चीनबाट ६ हजार ८ सय १९ पर्यटक नेपाल आएका छन् । यस वर्ष मनसुनमा बंगलादेशबाट आउने पर्यटक संख्यासमेत वृद्धि भएको छ ।

पर्यटन बोर्डका अनुसार यो महिना ३ हजार ४ सय ७० बंगलादेशी आएका छन् । यो गत वर्ष यसै महिनाको तुलनामा २८ प्रतिशत धेरै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *