जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू ६८ वर्षको पुगे पनि वृद्धभत्ता नलिने घोषणा गरेका छन् ।
संसद भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले एकीकृत समाजिक सुरक्षा कार्यक्रम ल्याउनुपर्नेमा सरकारले वृद्धभत्ताको उमेर घटाएको टिप्पणी गरे ।
‘वृद्धभत्ता पाउने उमेर घटाउन जरुरी थिएन । म पनि ६८ वर्षको भएँ । गरिब देशको नागरिकका रुपमा म भत्ता नलिने घोषणा गर्छु’, उनले भने ।
सरकारले सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्ने नागरिकलाई सम्मान गर्ने जनाएको छ ।सरकारले दिने सम्मान बाबुरामले लिन्छन् कि लिँदैनन् त्यो भने भविष्यमा थाहा हुनेछ ।
Artha Sanjal






