एनआईसी एशिया बैंकको ९ रोपनी ९ आना जग्गा काण्ड: मेनेजरले बुझेको १५ लाख क- कसको भागमा पर्यो?

काठमाडौं । एनआईसी एशिया बैंकको बनेपा साखाका तत्कालिन ब्रान्च मेनेजर विनोद धिमिरे र मेनेजर संगम अधिकारीको अर्को बद्मासी फेला परेको छ। व्यवहार मिलाईदिने भन्दै काभ्रेपलाञ्चोकका सन्तोष लामाकी श्रीमती उमा श्रेष्ठको नाममा रहेको ९ रोपनी ९ आना जग्गा तत्कालिन मेनेजर घिमिरेको कम्पनी ‘गोठालो फर्मका’ नाममा नामसारी गराई करोडौं रुपैयाँ ऋण दिएका मेनेजर अधिकारीले आर्थिक लाभ लिएको तथ्य भेटिएको छ।

ऋण प्रवाह हुनुभन्दा एकदिन अघि उनले १५ लाखको चेक जम्मा गरेपछि मात्रै संगमले ऋण प्रवाह गरेका छन् । स्रोतका अनुसार संगमले उक्त रकम तलदेखि माथिसम्म बुझाउनु पर्ने भन्दै माग गरेका थिए। तर, उक्त रकम क-कसको खातामा जम्मा गरियो भन्ने बिषयमा भने बैंक केहि बोल्दैन।  बैंकको उच्च व्यवस्थापन पनि यस बिषयलाई नकार्दै उल्टै मेनेजर संगमलाई नै संरक्षण गरिरहेको छ।

त्यस्तै, श्रेष्ठको जग्गा विनोदको नाममा ल्याएर बैंकबाट एक करोड पचासलाख रुपैयाँ ऋण प्रवाह गरेका संगमले इन्जिनियर हरेराम हुमागाईंलाई उक्त जग्गाको मूल्यांकन बढाएर गरिदिन भनेको बिषय सार्वजनिक भएको छ। हामीलाई प्राप्त प्रमाणअनुसार संगमले उक्त जग्गाको मुल्यांकन ३ करोडमाथि गरिदिन भनेका छन्। तर, यस्तो संवेदनशील बिषयमा नियमविपरित गएर काम नगर्ने भन्दै उनले जग्गाको वास्तविक मुल्यांकन जम्मा १ करोड ४९ लाख मात्रै गरिदिएपछि उनीहरुअप्ठ्यारोमा परेका थिए। तर, नियतमै खोट भएका उनीहरुले इन्जिनियरलाई समेत झुक्याएर जग्गाको वास्तविक मूल्यभन्दा अघिक ऋण निकालेरै छोडे।

पूर्वनिर्धारित योजना अनुसारनै जग्गाको मुल्यांकन बढाएर बढीभन्दा बढी ऋण निकाल्ने योजनामा रहेका संगम र विनोदले भनेअनुसार इन्जिनियर हुमागाईले नमानेपछि उनीहरुले सुटुक्क जग्गाको मुल्यांकन भन्दा बढी रकम निकालेको भेटिएको छ । एक करोड उनान्पचास लाख रुपैयाँ मुल्यांकन गरिएको जग्गामा १ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह भएको छ। जुन सरासर वित्तीय अपराध हो।

विनोद र संगमले यतिसम्म बदमासी गरेका छन् कि, १ करोड ४९ लाख मुल्यांकन गरिएको जग्गा मालपोतमा भने ३ करोड ६६ लाख रुपैयाँमा रोक्का राखिदिएका छन्। यसबाट पनि विनोदको नियत र बैंकको मिलेमतो प्रष्ट देखिन्छ।

बैंकभित्र रहेर संगमले अर्को बदमासी गरेका छन्। श्रेष्ठको जग्गा खरिद गर्ने प्रयोजनका लागि दिन लागिएको भनिएको ऋण स्वीकृत हुनु अगाडि जग्गाधनीलाई सुरक्षित गराउन ‘अन्डर्टेकिङ्ग लेटर’ अनिवार्य रुपमा दिनुपर्ने प्रावधान छ। तर, सुरुदखि नै विनोदसँग मिलेर गैरकानूनी काम गर्दै आएका संगमले श्रेष्ठलाई उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता पत्र नै दिएनन्। जग्गा खरिद प्रयोजनार्थ निकालिएको ऋण रकम बैंकले श्रेष्ठको नाममा नभई विनोदको कम्पनीको नाममा प्रवाह गरिदिएको पाईएको छ।

लामाकी श्रीमतीको जग्गा धितो राखेर पैसा निकालेका बिनोदले बैंकको ऋणको एउटा पनि किस्ता बुझाएका छैनन्। लामाले उक्त जग्गाको नत पैसा पाए त त उनीसँग जग्गा नै छ। ऋण रकम नबुझाएपछि जग्गा लिलामी हुने अवस्थामा पुगेको छ। जग्गाको मूल्यभन्दा बढी ऋण छ। त्यसपछि पनि मालपोतमा रोक्का राख्ने बेला ऋण रकमभन्दा झन्डै ३ गुणा थैली राखिदिएपछि उक्त रकम बुझाएर जग्गा फिर्ता ल्याउन सक्ने अवस्थामा पनि छैनन्। ऋण रकमको एउटा पनि किस्ता नबुझाएका विनोदलाई बैंकले ऋण तिर्न ताकेता समेत गरेको छैन। विनोदलेबैंकबाट यसअघि पनि करोडौं रुपैयाँ कर्जा लिएर दुरुपयोग गरेपछि उनी बैंकको कालोसूचीमै छन्। तर बैंकसँगको मिलेमतोमा उनको कारोबार एनआईसी बैंकमै निरन्तर चलिरहेको छ।

विनोदको गैरकानूनी काममा उनकी श्रीमती सनम श्रेष्ठले सघाउँदै आएकी छन्। लामाको सम्पति धितो राखेर एनआईसी एशिया बैंकबाट निकालिएको ऋणको साक्षीमा पनि उनैले हस्ताक्षर गरेकी छन्। तर उनीसँग गुनासो गर्दा यसबारे उनी अनभिज्ञता प्रकट गर्ने गरेको लामा गुनासो गर्छन्। उनी कुमारी बैंक थली शाखाकी प्रबन्धक हुन्।

त्यस्तै, यहि प्रकरणमा जग्गा आफ्नो नाममा नामसारी गरेवापत लामाकी श्रीमतीलाई दिएको कुमारी बैंकको चेक बाउन्सपछि विनोदल पक्राउ परे। उनी पक्राउ परेपछि कुमारी बैंक बनेपा शाखामा कार्यरत उमेश जङ्ग थापाले ‘वि आर बैंकर’ भन्दै विनोदलाई ब्लाक लिष्टबाट हटाउन दवाव दिएको लामाको गुनासो छ। लामाका अनुसार थापा विनोदका मिल्ने साथी हुन्।

हाल विनोदले बैंक छोडिसकेका छन् भने संगम बैंकमै कार्यरत छन्। बैंक स्रोतका अनुसार उनलाई बैंकका सीइओ रोशन कुमार न्यौपानेले र डेपुटी सीइओ सन्तोष राठीले ढाडस दिईरहेका छन्। संगमले बैंकभित्र रहेर यस्ता दर्जनौँ वित्तीय अपराधमा गरेका छन्। बैंकभित्र रहेर मनलाग्दी गरेको भन्दै दिनहुँ गुनासो आउन थालेपछि उनलाई बनेपाबाट सरुवा गरेर धादिङ सरुवा गरिएको हो।

बैंकको व्यवस्थापकीय नेतृत्वमा रहेका सिईओ न्यौपाने पछिल्लो सँस्थाका बिषयमा उठेका कुनै पनि बिषयमा जवाफ दिनै चाहँदैनन्। सोहि सबन्धमा संगम अधिकारी भने माथि सोध्नु भन्दै पन्छिरहेका छन्। गोठालो संचालक घिमिरे सम्पर्कमै आएनन्।

एनआईसी एशिया बैंकमा ‘संगठित आर्थिक अपराध’: करोडौँका मालिक थापा भए सुकुम्बासी [फलोअप]

हिमालयन, एनआईसी र प्रभु बैंक राष्ट्र बैंकको कारबाहीमा: सीइओ राणा र शेरचनलाई सचेत, न्यौपानेलाई नसिहत

 

एनआईसी एशिया बैंकको नाफा ९१.८१ प्रतिशतले घट्यो, बैंक साढे ३ अर्ब घाटामा

एनआईसी एशिया बैंकको उच्च व्यवस्थापनमा किचलो, १ महिनामै फेरियो तीन ‘ब्रान्डिङ्ग हेड’

एनआईसी एशिया बैंकका कर्मचारीनै ‘बिचौलिया’: सीईओकै संरक्षणमा ‘गोठालो’ द्वारा करोडौं निक्षेप अपचलन

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *