काठमाडौं । एनआईसी एशिया बैंकमा खाता खोल्ने सोच्दै हुनुहुन्छ ? हुनुहुन्छ यदि भने तपाइको दशा सुरु भयो भन्ने जान्नुस्। एनआइसी एशिया बैंकको नारा छ-‘नारा छ बैंक पनि साथी पनि’। सोहि आकर्षक नारा भजाएर बैंकले लाखौँ ग्राहक ठगिरहेको छ भने सयौँ ऋणीको उठिवास लगाएको छ। बैंक वित्तीय सँस्थाबाट ऋण लिने बेला निक्षेप सुरक्षाका लागि धितो सुरक्षण पक्कै राख्नु पर्छ। तर, धितो खान पल्केको एनआईसी बैंकको नियतमै खोट भएपछि आफ्नै सम्पति पनि अभिसाप बनिदिन्छ।
बिचौलियाको बदमासीका कारण उठिवास भएका ग्राहक त देखिएको थियो। तर बैंककै कर्मचारीले बिल्लीबाठ बनाउँछन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ। एनआईसी एशिया बैंकका कर्मचारीले बिचौलियासँगको सेटिङ्गमा सयौं ऋणीको उठिबास भएको तथ्य अर्थसंजाल डटकमले फेला पारेको छ। बैंकका कर्मचारीले अप्ठ्यारोमा परेका व्यक्तिको सम्पति आफ्नो नाममा पास गर्ने अनि बजारमूल्य भन्दा अघिक मुल्यांकन गराई आफ्नै बैंकबाट करोडौं रुपैयाँ ऋण निकालेका छन्। बिचौलियासँगको मिलेमतोमा अरुको सम्पति धितो बन्धक राखेर लिएको ऋण नतिर्ने र अन्तत: जग्गा लिलाम गराईदिने कर्मचारी एनआईसी एशियामा दर्जनौं छन्।
यसै मध्यका एक हुन् बिनोद घिमिरे। उनी एनआईसी एशिया बैंकका तत्कालिन बनेपा शाखा प्रबन्धक हुन्। उनी जहाँ-जहाँ जान्छन् अपराध नगरेको ठाउँ छैन। एनआईसी एशिया बैंकको बनेपा शाखाका प्रबन्धक हुँदा घिमिरेले दर्जनौँ व्यक्तिको उठिवास लगाएका छन्। यसै मध्यका एक हुन् जगदीश थापा। उमेरले उनी ५० वर्षका पुगे। तर, एनआइसी एसिया बैंकले दिएको पीडा र हैरानीले ७० वर्षका जस्ता देखिन्छन्। बिना अक्सिजन कतै पनि हिँडडुल गर्न पनि सक्दैनन् उनी। उनको जाय जेथा अहिले एनआईसी एशिया बैंकका कर्मचारी विनोद घिमिरेको नाममा छ। थापाको जग्गा बैंकमा ठिटो राखेर करोडौं ऋण निकालेर अपचलन गरिदिएपछि अर्बौंका मालिक भएर पनि थापा सुकुम्बासी जस्तै भएका छन्।
व्यवहार मिलाईदिने भन्दै गुडविल सहकारीका संचालक राम बहादुर थिङ्गसँग मिलेर विनोद घिमिरेले आफ्नो २ तले घर र १३ आना जग्गा हडपेको थापा बताउँछन्। अहिले थापाको सम्पति एनआइसी एसिया बैंकका तत्कालिन शाखा प्रबन्धक घिमिरेको कब्जामा छ। सहकारी समस्या परेपछि विभिन्न बैंक तथा वित्तीय सँस्थाबाट ऋण लिँदै नतिरेका थिङ्ग ऋण फरार सूचीमा छन्। थिङ्गसँगको मिलेमतोमा एनआईसी एशिया बैंककै कारण परिवारको हरिविजोग भएको थापा बताउँछन्।
बसिरहेको घरसमेत सहकारी र बैंकका कर्मचारी मिलेर लिलामीमा निकालीदिएपछि उनीसँग एउटा मुन्टो लुकाउने ठाउँ समेत छैन। लिलाम सकार गरौँ भने पनि अघिक मुल्यांकन गराएर ऋण निकालिदिएकाले खरिद गर्न पनि सक्दैनन् उनी । खेती गरेर खाउँ भने खेतबारी समेत बैंकका कर्मचारीको कब्जामा छ । टुलुटुलु हेर्न बाहेक उनीसँग अर्को विकल्प छैन। न उनी बैंकसम्म पुगेर आफ्ना कुरा राख्न सक्छन् नत उनको विषयमा कोहि बोलिदिन्छ।
हरेक दिन बैंकका कर्मचारी गुण्डा बोकेर आउने र थर्काउने धम्काउने गरेको उनको गुनासो छ। ‘गुण्डा शैलीमा घिमिरेले खटाएका कर्मचारीहरू आएर जग्गा नाप्ने र धम्क्याउने थर्काउने थर्काउने गर्छन् हामीलाई त राम्रोसँग लेखपढ गर्न समेत आउँदैन। यसकै मौका उठाएर बैंकले हाम्रो श्री सम्पत्ति हत्याएहत्याएर बिल्लीबाठ बनायो मलाई न्याय कसले दिन्छ ?’ थापाकी श्रीमतीले रुँदै भनिन्।
थापा परिवार त एउटा नमुना मात्र हो। बैंकले संरक्षण गरेका बिनोदबाट ठगिएका दर्जनौँ पीडितहरू छन्। बनेपाको एउटा क्षेत्रमा मात्रै सयौं पीडितहरू रहेको तथ्यसहितका प्रमाण हामीले फेला पारेका छौं।
घिमिरे बैंकबाट बाहिरिएपछि पनि बैंकका कर्मचारीको सेटिङमा व्यक्तिको समाप्तिको ‘ओभर भ्यालुएसन’ गर्दै बैंकमा धितो राख्ने गरेको प्रष्ट देखिन्छ। घिमिरेले मालपोतमा समेत वास्तविक मूल्यभन्दा बढीको थैली राख्ने गरेका कारण लिलामीमार्फत् समेत आफ्नो जग्गा उठाउन सक्ने अवस्था नरहेको पिडितहरु बताउँछन्। यतिमात्र नभई कर्मचारीसँगको मिलेमतोमा घिमिरेले बैंकबाट निकालेको ऋण जुन वास्तविक प्रयोजनमा खर्च नगरी आफ्नो निजी व्यवसायमा लगानी गर्ने गरेका छन्। विभिन्न व्यक्तिहरूको घरजग्गा बैंकमा धितो राखेर ग्राहकलाई अत्याधिक ऋणको भारी बोकाएर बिल्लीबाठ बनाएका घिमिरेले बैंकबाट निकालेको उक्त रकम ‘गोठालो फर्म’ मा लगानी गरेको देखिन्छ।
थापा परिवार त एउटा नमुना मात्र हो। बैंकले संरक्षण गरेका बिनोदबाट ठगिएका दर्जनौँ पीडितहरू छन्। बनेपाको एउटा क्षेत्रमा मात्रै सयौं पीडितहरू रहेको तथ्यसहितका प्रमाण हामीले फेला पारेका छौं।
घिमिरे बैंकबाट बाहिरिएपछि पनि बैंकका कर्मचारीको सेटिङमा व्यक्तिको समाप्तिको ओभर भ्यालुएसन गर्दै बैंकमा धितो राख्ने गरेको प्रष्ट देखिन्छ। घिमिरेले मालपोतमा समेत वास्तविक मूल्यभन्दा बढीको थैली राख्ने गरेका कारण लिलामीमार्फत् समेत आफ्नो जग्गा उठाउन सक्ने अवस्था नरहेको पिडितहरु बताउँछन्। यतिमात्र नभई कर्मचारीसँगको मिलेमतोमा घिमिरेले बैंकबाट निकालेको ऋण जुन वास्तविक प्रयोजनमा खर्च नगरी आफ्नो निजी व्यवसायमा लगानी गर्ने गरेका छन्। विभिन्न व्यक्तिहरूको घरजग्गा बैंकमा धितो राखेर ग्राहकलाई अत्याधिक ऋणको भारी बोकाएर बिल्लीबाठ बनाएका घिमिरेले बैंकबाट निकालेको उक्त रकम ‘गोठालो फर्म’ मा लगानी गरेको देखिन्छ।
को हुन् त विनोद घिमिरे?
रामेछाप जिल्ला सालु नगरपालिकाका बासिन्दा हुन् बिनोद। हेर्दा चिटिक्क देखिने उनको बनी व्यहोरा भने ज्यानमारा शैलीको छ। उनी पेशाले बैंकर हुन्। तर, व्यवहार त्यसको ठ्याकै उल्टो छ। बैंक उच्च व्यवस्थापनसँग राम्रै हिमचिम बनाएका उनी अप्ठयारोमा परेका मान्छेलाई अनेक प्रलोभनमा पारी उनीहरुको सम्पत्ति हत्याउन सिपालु छन्।
घिमिरे एनआइसी एसिया बैंकको बनेपा शाखा प्रबन्धक भएर स्थानीयहरुलाई दिनुसम्म दुःख दिएको दरिलो उदाहरण हुन् , सन्तोष लामा, राम बहादुर थिंग र जगदीश थापा। घिमिरेले लामाको नजिक भएर उनकी श्रीमतीको नामको ९ रोपनी ९ आना जग्गा बैंकमा धितो राखेर उनलाई समेत दिल्लीबाठ बनाए। १ करोड २० लाखको जग्गाको थैली ३ करोड ६६ लाख रुपैयाँ राखिदिएका छन्। उक्त जग्गाधितो राखी लिएको ऋण नतिरिदिएपछि जग्गा लिलामीमा निस्किएको छ। बजार मूल्य भन्दा कयौँ रकम बैंकलाई बुझाउनु पर्ने भए पछि उक्त जग्गा खरिद गर्ने हिम्मत कसैले गरेका छैनन् न त आफ्नो सम्पती फिर्ता लिन लामासँग थप रकम छ।
त्यस्तै घिमिरेकै कारण थापा पनि सुकुम्बासी बनेका छन् भने बनेपाकै राम बहादुर थिंगको पनि ३ तले घरसहितको जग्गा विनोदको नाममा छ त्यो पनि बैंकमा राखेर ऋण निकालिदिएपछि उनकी श्रीमतीले हरेक दिन रुँदै कराउँदै बैंक पुग्छिन्। घर नछाड्ने अडान लिएपछि उनको घर खरिद गर्न आजसम्म कोहि आउन हिम्मत भने गरेका छैनन्।
त्यस्तै, घिमिरेले धादिङका एक व्यवसायीको १४ रोपनी जग्गा पनि बैंकमै धितो राखेर ऋण निकालेर बिचल्ली बनाएको भेटिएको छ भने चितवनका एक व्यापारीको १९ घुर जग्गा त्यो पनि घिमिरेकै नाममा राखेर ऋण अपचलन भएपछि हालै मात्र लिलामी निस्किएको छ। जसलाई हामी अर्को शृंखलामा प्रस्तुत गर्नेछौँ।
घिमिरेलाई बैंकले किन गर्दैछ संरक्षण ?
घिमिरे गोठालो फर्मका मालिक पनि हुन्। कालिजको मासु र महंगा मदिराको सेवन गर्न नियामक निकायदेखि संचालनमा रहेका सबै बैंकका उच्च पदस्थ कर्मचारीहरु पुग्ने गरेका छन्। एनआईसी बैंकका उच्च व्यवस्थापन समेत योबाट अछुतो छैन। घिमिरेको देशका प्रतिष्ठित व्यापारीदेखि राजनीतिज्ञसम्मलाई गोठालो फर्ममा लगेर कालिज खुवाईसकेका छन्। यसैका आडमा घिमिरेले एकमाथि अर्को अपराध गर्दै खुलेआम ग्राहक ठगिरहेका छन् छ।
घिमिरे लगायतका बदमास कर्मचारीका विषयमा पीडितहरू गुनासो लिएर बैंकमा पुग्दा उल्टै गुण्डागर्दीमा शैलीमा धम्क्याएर पठाउने गरेको पीडितहरु गुनासो गर्छन्। बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष राठी कर्जाका प्रमुख छन् उनकै संरक्षणमा घिमिरे लगायतका कर्मचारी एकपछि अर्को अपराध गर्दै हिंडीरहेका छन् ।
बैंक भित्र भएको यस किसिमको ठगीको शिलशिलाबारे बैंकका सिइओ रोशन कुमार न्यौपाने पनि अनविज्ञ छैनन्। तर सयौँ ग्राहकको बिल्लीबाठ बनाएका घिमिरेलाई किन संरक्षण गरिरहेका छन् भन्ने विषय भने रहस्यमय छ।
बिशाल ग्रुपको ठगी: १ अर्बको ‘फेक क्लेम’, हतारमा किन गरियो ७७ करोड भुक्तानी ?
हिमालयन, एनआईसी र प्रभु बैंक राष्ट्र बैंकको कारबाहीमा: सीइओ राणा र शेरचनलाई सचेत, न्यौपानेलाई नसिहत
एनआईसी एशिया बैंकको नाफा ९१.८१ प्रतिशतले घट्यो, बैंक साढे ३ अर्ब घाटामा
एनआईसी एशिया बैंकको उच्च व्यवस्थापनमा किचलो, १ महिनामै फेरियो तीन ‘ब्रान्डिङ्ग हेड’
एनआईसी एशिया बैंकका कर्मचारीनै ‘बिचौलिया’: सीईओकै संरक्षणमा ‘गोठालो’ द्वारा करोडौं निक्षेप अपचलन