आजबाट चलचित्र ‘बोक्सीको घर’ देशभर

काठमाडौं । अभिनेत्री केकी अधिकारीको प्रस्तुतिमा निर्मित फिल्म बोक्सीको घर आज शुक्रबारबाट रिलिजमा आउने भएको छ।

बोक्सीको घरको प्रिमियर शोमा फिल्मले निर्माण समूह र फिल्म युनिटलाई उत्साहित बनाउने प्रतिक्रिया पाएको छ। सुलक्षण भारतीद्वारा निर्देशित फिल्म बोक्सीको नाममा हुने महिला हिंसाको सत्यकथामा आधारित छ।

फिल्म महिलालाई बोक्सीको आरोपमा समाजले गर्ने शोषणको वरिपरि घुमेको छ। फिल्ममा शीर्ष पात्रमा केकीले अभिनय गरेकी छन्। केकीको फिल्म निर्देशक पिता बद्री अधिकारीद्वारा निर्मित फिल्ममा केकी अधिकारीका साथमा सुपला सापकोटा, स्वेच्छा राउत, लोकमणि सापकोटा, सुलक्षण भारती, जीवन बराल, रमा थपलियाँ, सुष्मा निरौला, सबिन बास्तोलालगायत कलाकारले अभिनय गरेका छन्।

राज घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा मोनीष निरौला र बाजा ब्यान्डको संगीत, सुलक्षण भारती र बाजा ब्यान्डको गीत रचना, कुमार महर्जनको द्वन्द्व निर्देशन, शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *