


काठमाडौँ । सर्वाेत्तम सिमेन्ट लिमिटेडकाे पाँचौ बार्षिक साधारणसभाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्टकाे साधारणसभा बुधबार रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो।
उक्त सभाले कम्पनीकाे चुक्ता पुँजीको १५ प्रतिशत (कर सहित) नगद लाभाँश बाँड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।सभाले लेखा परिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७१/०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण ,आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेकाे छ।
सभाले संस्थापक शेयरधनी समूहबाट ५ (पाँच) जना संचालकहरु विष्णु प्रसाद न्यौपाने, बिमल कुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सब न्यौपाने तथा सर्वसाधारण शेयरधनी समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एक (१) जना संचालकमा शिव सिंह कार्की निर्विरोध निर्वाचित भएका छन् । यसका साथै स्वतन्त्र संचालकमा एक (१) जना नेहा अग्रवाललाई मनोनित गरिएको छ ।

अर्थ सन्जाल