काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरिएको हो।
सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित र समयसापेक्ष बनाउन सरकारले कानुनी जटिलता फुकाउन अध्यादेशको बाटो रोजेको हो।

Artha Sanjal






