एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन

एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ। मेडिसिटी हस्पिटलमा उपचारको क्रममा  मंगलबार साँझ श्रेष्ठको निधन भएको हो ।

श्रेष्ठ २६ वर्षदेखि बैंकमा अध्यक्षको रूपमा रहेका थिए। २०५४ सालदेखि श्रेष्ठले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

गत असोज ३० गतेको बैंकको २९ औं वार्षिक साधारण सभाले पनि श्रेष्ठलाई अध्यक्षको रूपमा चयन गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *