बालुवाटारबाट ६ लाख भन्दा बढी रकमसहित ९ जुवाडे पक्राउ

काठमाडाैँ । काठमाडौंको बालुवाटारस्थित एक रेस्टुरेन्टमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ६ लाख ८५ हजार १९५ रुपैयाँ नगद र ९ बुक तास बरामद गरिएको छ ।

आइतबार दिउँसो काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद ६ लाख ८५ हजार १९५ रुपैयाँ र ९ बुक तास नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ का ४९ वर्षीय सुनिल श्रेष्ठ, ३७ वर्षीय सहिद महमद र २८ वर्षीय सरोज कार्की रहेका छन् ।

त्यस्तै, बुढानीलकण्ठ नगरपालिका–१२ का ३१ वर्षीय सोनाम शेर्पा, ललितपुर महानगरपालिका–२५ का २२ वर्षीय अनिल लामिछाने, काठमाडौं महानगरपालिका–२ का ३७ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौं महानगरपालिका–४ का ३४ वर्षीय अनिल भण्डारी पनि पक्राउ परेका छन् ।

यसैगरी संखुवासभाको सभापोखरी गाउँपालिका–६ का ३५ वर्षीय ताराविर तामाङ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ का २१ वर्षीय महेन्द्र खनाललाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *