पूर्वराजा ज्ञानेन्द्रले लगाइदिए सर्वसाधारणलाई दसैँको टिका

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टिका लगाइदिएका छन्।

मङ्गलवार हपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको टिका सर्वसाधारणलाइ लगाइदिएका हुन्। पूर्वराजा शाहको हातबाट टिका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणहरूको लाइन रहेको छ। त्यस अवसरमा उनको हातबाट टिका ग्रहण गर्ने सर्वसाधरणको भीड लागेको थियो।

पूर्वराजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टिका लगाउँदै आएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *