सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’का ५ विजेताको नाम सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ५ जना लखपति विजेताको नाम सार्वजनिक गरेको छ । सिटीले ‘सिटी आयो लखपति बनायो’ योजनाअन्तर्गत पहिलो महिनामा एक–एक लाख रकम जित्न सफल ५ जना विजेताको नाम सार्वजनिक गरेको हो ।

विजेताहरुमा जापानबाट रेमिट्यान्स पठाउने अञ्जु घले, साउदीबाट यमलाल भुसाल, कुवेतबाट मीनकुमार श्रेष्ठ तथा जानुका चौलागाईं र दुबईबाट रेमिट्यान्स पठाउने उमेश यादव रहेका छन् । कम्पनीले विद्युतीय प्रणालीबाट विजेता छनौट गरेको जनाएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैं, तिहार र छठलाई लक्षित गरेर ६१ दिनसम्मका लागि ‘सिटी आयो लखपति बनायो’ उपहार योजना सञ्चालन गरिरहेको छ ।
सो उपहार योजनाअन्तर्गत सिटीले ‘लक्की ड्र’ मार्फत हरेक दिन १ जना विजेतालाई १० हजार रकम प्रदान गरेको थियो । साथै हरेक महिना ५ जनालाई १–१ लाख गरी २ महिनासम्म १० जना लखपति बन्ने योजना रहेको सिटी एक्सप्रेसले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *