काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा १९.३७ प्रतिशत बढेको छ ।
विकास बैंकले चालु आर्थिक वर्षमा चैत मसान्तसम्म ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४९ करोड ३१ लाख रुपैयाँ थियो ।
खुद ब्याज आम्दानी बढ्नु र इम्पेरिमेन्ट चार्जमा सुधार आउँदा नाफामा वृद्धि देखिएको हो । बैंकको खुद ब्याज आम्दानी ९.२ प्रतिशत बढेको छ । गत आवको ९ महिनामा यस्तो आम्दानी १ अर्ब ६६ करोड रहेकोमा अहिले १ अर्ब ८१ करोड रुपैयाँ छ ।
त्यस्तै बैंकको प्रतिसेयर आम्दानी बढेर २० रुपैयाँ ३२ पैसा छ ।
Artha Sanjal






