५० प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी आयात गरिँदै

काठमाडौं । सरकारले चाडपर्व लक्ष्य गरेर भन्सार छुटमा २० हजार टन चिनी आयात गर्ने भएको छ। अर्थ मन्त्रालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले २० हजार टन चिनी आयात गर्न लागेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०–१० टन चिनी आयात गर्ने गरी ५० प्रतिशत भन्सार छुटको निर्णय भएको छ।

चिनीमा ३० प्रतिशत भन्सार महसुल लाग्ने र मन्त्रालयले २० हजार टन चिनी आयात गर्न दुई कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिने निर्णय गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वका लागि भन्दै ६० हजार चिनी आयातको अनुमति माग गरेको थियो ।

तर, नेपाली बजारमा चिनी रहेको र बजार मूल्यमा हस्तक्षेपका लागि सो परिमाणमा चिनीको भन्सारमा सहुलियत दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

नेपाली बजारमा अहिले चिनीको थोक मूल्य १०५ रुपैयाँ छ । तर, बजारमा खुद्रामा ११५ रुपैयाँसम्ममा चिनीको बिक्री भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *